विदेशीले हरेराम गाउँदा

हामी धेरैलाई लाग्छ धर्म कर्म गर्ने अनि भजन गाउने भनेको ५० वर्ष कटेपछी हो। धेरैलाई जिन्दगी चलाउनको लागी गर्नुपर्ने सबै सांसारिक काम गरेर उमेर पाको हुँदै गएपछी काशी नुहाएर, गौ दान गरेर सबै पाप पखालिन्छ अनि बैकुण्ठ तर्ने हो भन्ने लाग्छ। धर्म र संस्कृती प्रति नेपालीहरूको बुझाइ नमिलेकै कारण आफ्नै संस्कार, परम्परा र संस्कृती अनि अभ्यासलाइ नेपालीहरुले पैस्वीकरण (मोनिटाइज) गर्न सकेका छैनन्। हाम्रो ‘संस्कृत’, हाम्रो योग, हाम्रो आयुर्वेद सबै भारतको भइसकेको छ।

बहुदल, प्रजातन्त्र अनि स्वतन्त्रताको नाममा देश र समाजलाइ नै कहाली लाग्दो गरिबी तिर धकालिएको छ। अार्थिक मात्र नभएर नेपाल र नेपाली समाज सोचले पनि धेरै गरिब भइसकेको छ। जुन दैनिक समाचारपत्र अनि अनलाइनका खबरमा पढ्न देख्न पाईन्छ। राजनीतिक रूपमा कम्युनिष्टहरु धेरै भएकाले पनि संस्कार संस्कृतिलाई सम्पन्नताको बाटोमा लगाउने भन्दा पनि गरिबीको गीत गाउने र विदेशी एजेन्टसँग मित लाउनेमा नै बढि जोड छ। यही कारण हुनुपर्छ उमेर र पाखुरीमा बल रहँदा सम्म हरेक हुने नहुने सबै काम गर्छन् अनि उमेर घर्कंदै गएपछी मात्रै मन्दिर धाउन सुरू। हेडक्वार्टर देखी वडा क्वार्टर सम्मका कामरेडका चर्तिकला हेर्नुस् त।

विदेशीले हरेराम गाउँदा

सिडनी अनि अष्ट्रेलियाका अरू सहरमा बस्ने नेपालीका फेसबुकमा अपलोड गरिएका फोटा हेर्नुस वीकेण्ड भनेर बियरको दुईचार बोटल अघि राखेर फोटो नहाल्ने त सोसाइटीमा नै पर्दैनन्।

नेपालमा यस्तो छ भने विदेश गएका नेपालीको हाल पनि उस्तै हो। तीजमा महिनाभर दरको नाममा ‘बीफ’ समेत पड्काउन बेर लाग्दैन, वाईन भनेको त आजकल रक्सी नै हैन भन्ने न्यूरोड मै स्थापित हुन लागिसक्यो, न्यूओर्क, सिड्नीका के कुरा गर्नु गहुँतै भइसको वाइन त। सिडनी अनि अष्ट्रेलियाका अरू सहरमा बस्ने नेपालीका फेसबुकमा अपलोड गरिएका फोटा हेर्नुस वीकेण्ड भनेर बियरको दुईचार बोटल अघि राखेर फोटो नहाल्ने त सोसाइटीमा नै पर्दैनन्। टन्न ढल्ने गरि जलपान हुने समाजसेवा वाला भोजको आयोजना सातै पिच्छे हुन्छ तर अलिकति सत् संगत हुने कुरा भनेको चैं ‘घाममा सुकाइदेउ’ नै हो।

सिडनी बस्दा अनुभव भएको चैं भारतीयले चैं आफ्नो रिती थितिलाई धानेकै छन्। धार्मिक अनि सांस्कृतिक आस्थाको कारण मदिरापान नगर्नेहरू पनि प्रसस्त छन्। भएका जति मन्दिर, ध्यान केन्द्र सबै भारतीयको छ। नेपालीहरूले चैं आफ्नो शुभलाभ भन्दा सामुदायिक सोच त्यती राख्न सकेको जस्तो देखीँदैन।

हामीले विदेशी भन्नेहरू चैं ध्यान, योग सबैतिर सक्रिय पनि देखिन्छन्। भारतीयहरूले आयोजना गर्ने कार्यक्रमहरूमा राखिएका ध्यानकेन्द्रहरूको स्टल र त्यहाँ आउने मानिसहरूको संख्याले पनि यो देखाउँछ। जे भएपनि सिड्नीको केन्द्रमा ‘हरे राम हरे कृष्ण……कृष्ण कृष्ण….’ भनेर गोरा छाला भएका अंग्रेजीभाषीले गाउँदा अर्कै मजा हुने।

यो हेर्नुस भिडियो कसरी विदेशीले हाम्रो किर्तनलाई सांगितीक शो जस्तो बनाएका छन्। उही क्या कन्सर्ट।

(भिडियो चैं इण्डियनसाइटका लागी मैले नै पारामाटामा भएको दिपावली मेलामा खिचेको हो)

विदेशीले हरेराम गाउँदा

NAATI CCL Nepali

Check Also

दर्शन गर्नै पर्ने सिड्नीका छ मन्दिर

मन्दिर, नेपाली मात्र हैन पूरा भारतवर्षको सभ्यताको सुरू बिन्दु यही हो। मन्दिरलाई कसैले हिन्दू देवी देवताको पूजा उपासनासँग मात्र जोडेर हेर्छ भने त्यो पूर्ण नहुन सक्छ। मन्दिर आस्था र विश्वासको प्रतिक मात्र नभएर मानव सभ्यताको पनि सूचक हो। पौराणिक भारतवर्ष अनि यतिखेरको एशिया र मध्यपूर्वको एउटा ठूलो हिस्साले बोकेको सभ्यताको एउटा महत्वपूर्ण बिन्दु हो मन्दिर। जहाँबाट हाम्रो दिन सुरू हुन्छ र अनि समाप्ति पनि। मन्दिर हाम्रो सभ्यता हो अनि आराधना र जिवनको एउटा स्कुलिङ। यो यस्तो ठाउँ हो जहाँ जिवन देख्न बुझ्न अनि अनुभव गर्न सकिन्छ। काठमाण्डौंको पशुपतिनाथको मन्दिर पुगेका हरेकले यो अनुभव गरेको हुनुपर्छ। त्यसो त भारतका मन्दिर पुग्नेले पनि त्यस्तै अनुभव गर्छन्। मन्दिरमा पुगिसकेपछी मानिसको मन संलिन्छ, भगवानको डरै सही त्यसले मानिसलाई केही भएपनि सतमार्गमा लाग्न प्रेरितै गर्छ भलै मानिसहरू मन्दिरबाट निस्कन पाएको छैन निच काममा किन नलागुन। मन्दिरको वातावरणले मानसिक र मनोवैग्यानिक रूपमा मानिसलाई स्फुर्त बनाउँछ। त्यसैले मानसिक तथा भावनात्मक स्वास्थ्यका लागी पनि मन्दिर जानु आवश्यक हुन्छ। अष्ट्रेलिया जस्तो व्यस्त, व्यक्तिवादी अनि भौतिक समाजमा त मन्दिर र सतसंग अत्यावश्यक नै छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!