‘महाभूकम्प ७२’ सिड्नीमा सम्झना

भौतिक रूपमा गत वर्षको ‘महाभूकम्प ७२’ले अष्ट्रेलिया अनि सिडनीमा बस्ने नेपालीहरूलाई हल्लाएन। तर यहाँ रहे बसेका नेपालीको हंश भने धरहरा भन्दा धेरै डरलाग्दो पाराले हल्लियो जसको धक्का आजसम्म पनि महशुस गरिरहिएको छ। जुन आफन्त गुमाउनुमा जोडिएको हुनसक्छ या परिवारको भौतिक संचरना र सम्वृद्धी गुमाउनुमा। दुवै हिसाबमा सिडनीमा रहेका नेपालीलाई भूकम्पले हल्लाएको थियो र आज पनि पराकम्पनको समाचारले मुटुमा चसक्क हुन्छ।

कार्यक्रम आयोजनाका लागि नयाको टीमलाई धन्यवाद नै दिनुपर्छ

देशको माया मात्र होईन अवस्थाको पत्तो पनि विदेशमा रहँदा बस्दा धेरै हुन्छ। यतिखेर नेपालबाट अष्ट्रेलिया आएर यतैको संसारमा रमाइरहेका नेपालीले नेपालको वर्तमान मात्र हैन भविष्य पनि भयावह नै देखेका छन् जुन काठमाडौंमा देखिएका भत्किएका संरचना भन्दा बढी नै डरलाग्दो छ। नेपालका राजनीतिक दलको दिशा र दशाले नै स्पष्ट देखाइसकेको छ की उनीहरू यत्रो ठूलो संकट समाधानका लागी न तयार थिए, छन्। यो उनीहरूको बुता भन्दा बाहिरको साबित भइसकेको छ किनकी जनताले सिंहदरबारबाट हुने नियुक्तिमा आफन्तको भागबण्डा र माफियागिरीमा काँध थाप्ने बाहेक गएको वर्षमा राजनीतिक दल र सरकारको संरचनाबाट नगण्य मात्रै काम भएको भोगेका छन्।

'महाभूकम्प ७२' सिड्नीमा सम्झना
सिडनीमा खडा भयो मनको धरहरा

तर पनि काठमाडौं र नेपाल एक पटक रून्चे मुखका साथ महाबिपत्तिको वार्षिकी मनाउन तयार भयो। बत्तीकै सही धरहरा ठड्याउँदै ‘वी वील राइज अगेन’ मा आशाको संचार गरयो नेपाली मनमा। विदेशमा बसेर नेपालको दुख सुखमा साथ दिँदै आएका गैरआवासिय नेपालीहरूले पनि आफ्ना आफ्ना ठाममा सम्झे नेपालले भोगेको महाबिपत्ति। सिडनी सायद विदेशमा बसेका नेपालीहरू मध्ये ठूलो संख्या सम्वृद्ध छ यहाँ, ले सम्झनामा नेपालमा जस्तै धरहरा ठड्यायो बत्तिको प्रकाशको।

नेपालमा भूकम्प र त्यसको कारण मृत्युवरण गर्न पुगेका करिब १० हजारको सम्झनामा कार्यक्रम गर्दै ‘वी वील राइज अगेन’ नारा लगाएको दिन आईतबार २४ अप्रिलमा सिडनीका गन्यमान्यहरू चैं ‘ढल्ने गरी’ पार्टीमा मस्त थिए

सोमबार ‘एनज्याक डे’को सार्वजनिक बिदाको दिन अष्ट्रेलिया इतिहास सम्झँदै थियो भने नेपालीहरू नेपालको महाबिपत्ति! ‘कहिल्यै नहोस्’ भन्दै सिडनीमा बसोबास गर्ने नेपालीहरू सिडनीको प्रमुख केन्द्र नजिकैको ‘एशफिल्ड पार्क’मा भेला भएका थिए। कार्यक्रमको आयोजना गरेको थियो ‘नेपाली अष्ट्रेलियन युथ एशोसिएसन’ (नया)ले। कार्यक्रम आयोजनाका लागि नयाको टीमलाई धन्यवाद नै दिनुपर्छ किनकी नेपालमा भूकम्प र त्यसको कारण मृत्युवरण गर्न पुगेका करिब १० हजारको सम्झनामा कार्यक्रम गर्दै ‘वी वील राइज अगेन’ नारा लगाएको दिन आईतबार २४ अप्रिलमा सिडनीका गन्यमान्यहरू चैं ‘ढल्ने गरी’ पार्टीमा मस्त थिए। ठूलाले विराए यूवाले गरे।

यस्तो रह्यो एशफिल्डको भूकम्प सम्झना, (साँझको समय भएकाले तस्वीरहरू केही कम गुणस्तरको लाग्न सक्छ)

'महाभूकम्प ७२' सिड्नीमा सम्झना
‘नया’ले साँझ ५ बजे कार्यक्रम राखेको थियो।
'महाभूकम्प ७२' सिड्नीमा सम्झना
अभिभावकसँग ‘महाभूकम्प ७२’ को सम्झनामा दिवंगतहरूको आत्माको चीर शान्तीको कामना गर्दै दिप प्रज्ज्वलन गर्दै एक बालक !
'महाभूकम्प ७२' सिड्नीमा सम्झना
‘महाभूकम्प ७२’को सम्झनामा दिप बाल्दै युवा
'महाभूकम्प ७२' सिड्नीमा सम्झना
सिडनीमा मनको नेपाल अनि उही धरहरा

 

'महाभूकम्प ७२' सिड्नीमा सम्झना
सम्झनाको अर्पण !
 Expert in eCommerce & Digital Marketing
NepaliPage,connects Australian Nepalese Community & Australian Nepalese Business Globally

Disclaimer: NepaliPage.com is a Nepalese Community website aggregating Nepalese Australian affairs including Australian Nepali Community News, Migration opportunities in Australia, Nepali International Students, Nepali home and garden, Nepali mortgage and real estate tips, tricks, and services, Travel, Entertainment, Nepalese Events, blogs, interview and many more. None of our stories is tailored expert advice for your circumstance, and cannot be taken as legal, migration, or any other expert advice. By nature, all of our contents provide general information on related topics from the various verified sources. We do not offer direct employment opportunities, Australian VISA help, and Migration assistance.

अस्वीकरण: नेपालीपेजका कुनै पनि सामग्री तपाईंको कुनै विशिष्ट अवस्था वा आवश्यकताका लागी मेल खाने विशेषज्ञ सुझाव हैनन्। तपाईंको समस्यासँग मिल्न गएको खण्डमा संयोगका रूपमा लिएर आफ्नो विशेषज्ञसँग सल्लाह लिन अनुरोध छ।

लेखक: मदनमणि

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसंचारमा स्नातकोत्तर मदनमणिसँग नेपालमा अन्नपूर्णपोष्ट, ईमेज च्यानल लगायतका मिडियामा १० वर्ष भन्दा बढि पत्रकारिता गरेको अनुभव छ। मिडिया र प्राध्यापनमा लामो दशक भन्दा बढि समय बिताएका उनी सफ्टवेयर ईन्जिनियर हुन्।

यो पनि पढ्नुहोस्

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने - NepaliPage

ओप्टस र मेडिबैंक डाटा ब्रीचमा परेका नेपालीले नयाँ पासपोर्ट पाउने

अष्ट्रेलियामा पछिल्लो पटक भएका दुई ठूला डिजीटल सूचना गोपनियता भंग भएका घटनाबाट प्रभावित नेपालीले नयाँ …