Tag Archives: एजुकेशन कन्सल्टेन्सी

के सजिलो छ? न्यूसाउथवेल्सको ४९१ को नोमिनेसन

५० प्वाईन्टमा नै सम्भव छ अष्ट्रेलियामा पीआर - NepaliPage

अष्ट्रेलियाले आफ्नो आप्रवासी भित्र्याउने नीतिमा परिवर्तन गरेपछी पछिल्ला केही वर्ष देखी अष्ट्रेलियाको पीआर पाउनुलाई एउटा लक्षका रूपमा राखेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पीआर पाउनु मुस्किलको कुरा भएको छ। विशेष गरेर आफ्नै दक्षता र क्षमताले नै पाउन सकिने उपवर्ग (सवक्लास) १८९ भीजाका लागी प्रतिस्पर्धा आम क्षमता भन्दा माथि हुनथालेपछी 'स्टेट नोमिनेसन'का लागी तोकिएका शर्तहरू पुरा गर्नु नै यतिखेर अष्ट्रेलियाको पीआर पाउने एकमात्र बाटो देखिएको छ धेरैका लागी। त्यसैले केही लचक व्यवस्था भएका राज्यहरूमा सिड्नी, मेलबर्न लगायतका शहरमा बसेर पढेकाहरू तासमानिया, नर्दन टेरिटोरी, क्यानबेरा लगायतका राज्य तथा तिनका रीजनल शहरहरूमा सर्न थालेका छन्। यसरी सिड्नी लगायत न्यूसाउथवेल्समा रहेका विद्यार्थीहरू अन्य राज्यमा सर्न थालेको अवस्थामा न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा आएर आफ्नो रीजनल माईग्रेनसका लागी नोमिनेसन खुला गरेको छ। गत वर्षको नोभेम्बरमा ग्रामिण अष्ट्रेलिया केन्द्रीत गरेर सुरू गरिएको उपवर्ग ४९१ को भीजा प्रक्रिया अन्य राज्यले सुरू गरेर न्यूसाउथवेल्सबाट सरेर गएकाहरूले समेत पाईसक्दा पनि प्रक्रिया सुरू नगरेको न्यूसाउथवेल्सले आर्थिक वर्षको अन्त्यमा एकैपटक नोमिनेसन खुलायो।  एक साताका लागी मात्र निवेदन खुलाएको न्यूसाउथवेल्सले, पहिले तोकेको शर्तहरूमा पनि तत्कालै संसोधन गरयो जसले गर्दा न्यूसाउथवेल्सको रीजनल स्किल भीजा पाउने संभावना धेरैले सोचेको भन्दा निक्कै सजिलो महसुश गरिएको छ। केही माईग्रेसन एजेन्टले त यसलाई थालीमा सजाएर दिईएको 'केक' नै समेत भनेका छन्।

Read More »

अष्ट्रेलियामा शरणार्थी बन्न सयभन्दा धेरै नेपालीको निवेदन

अप्रिलमा ५० ईन्भिटेसन, कोरोनाको कारण थोरैले पीआर पाउने सम्भावना -NepaliPage

यतिखेर अष्ट्रेलियामा २३ हजार आठसय ७४ जनाले दिएको शरणार्थीको निवेदन उपर निर्णय हुन बाँकी नै छ। यसरी बाँकी रहेका मध्ये एकसय छ जना नेपाली हुन्।

Read More »

अष्ट्रेलिया आउनु अघि बुझ्नु पर्ने कुरा

अष्ट्रेलिया पढ्न आउने र सकेसम्म यतै स्थायी बसोबासको मेलो मिलाउने यो अब आम बात भईसक्यो। नेपालबाट राम्रो तयारी र योजना बनाएर आउनेहरूको लागी अष्ट्रेलिया अवसरको खानी नै हो। पढाई, काम अनि करिअरको योजना बनाएर आउनेहरूले अष्ट्रेलिया आएको केही वर्षमा नै देखिने र सुनिने खालको प्रगती गरेको प्रसस्तै उदाहरण छन्। सँगै, रमाईलो र मस्तीमा भुलेर न अष्ट्रेलियाको पढाई न त पीआर …

Read More »

अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग

अष्ट्रेलिया पढ्नेलाई आईएलटीएसमा सबै ब्याण्डमा सात ल्याउनै पर्ने बनाउन माग - NepaliPage

अष्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीलाई अंग्रेजी भाषा दक्षता जाँच्ने परिक्षा आईएलटीएसका हरेक ब्याण्ड (लिसनिङ, स्पीकीङ, राईटीङ र रीडीङ)मा सात ल्याउनै पर्ने र अष्ट्रेलियामा पढ्न र बस्नको लागी समेत आफ्नै देशबाट खर्चको व्यवस्था गर्नुपर्ने लगायतका अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष प्रभावित गर्ने सुझाव अष्ट्रेलियाका प्रसिद्ध जनसंख्याविद् तथा 'दि अष्ट्रेलियन पपुलेसन रिसर्च ईन्टिट्युट'का प्रमुख बब बीरेलले दिएका छन्।

Read More »

अकाउन्टिङमा पीआर पाउन ९० प्वाइन्ट चाहिने

अष्ट्रेलियन स्थायी आवासिय अधिकार पाउन ईच्छुकले 'स्किल सेलेक्ट' मा 'ईओआई'का लागी कम्तिमा पनि ८० प्वाईन्ट (अंक)को जोरजाम गरेको हुनुपर्ने स्थिती बनेको अष्ट्रेलियाको गृह विभागको पछिल्लो तथ्यांकले देखाएको छ। तर, अकाउन्टिङ पढेकाहरूका लागी भने पीआर पाउन ९० प्वाइन्ट चाहिने देखिएको छ।

Read More »

रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति

रीजनल जानेलाई आकर्षण: पीआर, काम र छात्रवृत्ति - NepaliPage

अष्ट्रेलिया सोच्दा अवसर र संभावनालाई आफ्नो धरातलिय यथार्थसँग मेल गराउन सकिएन भने त्यसले गम्भिर दुर्घटना निम्त्याउने पक्का छ। 

Read More »

सिड्नी शहर हेर्दा लाग्छ रहर…

अष्ट्रेलियामा भविष्य खोज्दै आउने लाखौं अन्तर्राष्ट्रिय विद्यार्थी तथा युवाहरूको बिचमा नेपालीहरूको संख्या पनि उल्लेख्य छ। यतिखेर नेपालमा अष्ट्रेलिया आउनु ‘स्टाटस’को कुरा हुन थालेको छ। ‘प्लस टु’ सकेपछी अष्ट्रेलिया जाने भन्ने ‘ट्रेण्ड’ नै बसिसकेको छ। राजनीति र विकासले उँधो बाटो देखाएपछी ‘…भुईं छोडेर उड्ने हजुर पश्चिम दिशामा….’ यतिखेर नेपाली सपना मात्र होईन बाध्यता बनेको छ भनियो भने फरक पर्दैन। पश्चिम अनि …

Read More »

यसो गर्छन् एजुकेशन कन्सल्टेन्सी

अष्ट्रेलिया पढ्न एजुकेशन कन्सल्टेन्सी छान्दा ध्यान दिनुपर्ने कुराहरू - NepaliPage

एजुकेशन एजेन्ट, जसलाई हामी एजुकेशन कन्सल्टेन्सी भनेर बुझ्छौं, प्रत्यक्ष नियमनमा नरहेको व्यवसाय हो। तर पनि कानुनी र नैतिक हिसाब एजुकेशन कन्सल्टेन्सीहरू अभ्यास र गतिबिधीमा शिक्षा प्रदायक (कलेज तथा यूनिभर्सिटी) जिम्मेबार हुने प्रावधान छ। प्र

Read More »

अष्ट्रेलियाले गरयो हजारौं विद्यार्थीको भिजा क्यान्सिल

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार - NepaliPage

अष्ट्रेलिया सरकारले हजारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिजा क्यान्सिल गरेको छ। अष्ट्रेलियाको आन्तरिक मामला (होम अफेयर्स) विभागको पछिल्लो तथ्यांक अनुसार करिब तीन हजार भन्दा धेरै विद्यार्थीको भिजा क्यान्सिल भएको छ

Read More »

यी पेशामा हुनेको भविष्य छ अष्ट्रेलियामा

बालखकालमा हरेकलाई कि त डक्टर बन्ने रहर हुन्छ, या ईन्जिनियर वा पाईलट। हामी मध्ये धेरैले सानोमा ‘बाबु ठूलो भएर के बन्ने?’ भनेर धेरैले सोधेको प्रश्नको उत्तरमा सानो उमेरमा तपाईं हामी धेरैले यी नै तिन मध्ये एकलाई आफ्नो भविष्यको पेशाको रूपमा छनौट गरेको हुनुपर्छ। नेपालमा धेरै ईज्जत र मानका साथ हेरिने पेशा भएका कारण हुनुपर्छ केही दशक अघि सम्म बालमस्तिष्कमा डाक्टर, …

Read More »